काठमाडौं-राती बन्द हुँदै आएको चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अब दिउँसो बन्द हुने भएको छ ।


ADVERTISEMENT


आज जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय छलफल अनुसार माघ १३ गतेदेखि बिहान १० बजेबाट दिउँसो ४ बजे सम्म सडक बन्द गर्ने निर्णय भएको हो ।


ADVERTISEMENT

# # #


नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार रातमा बन्द गर्दा कामको प्रगति नभएको भन्दै दिउंसो बन्द गर्ने निर्णय भएको हो । पुष १८ गतेदेखि राती १० बजेदेखि बिहान ४ बजे सम्म सडक बन्द हुँदै आएको थियो ।

इन्जिनियर खनालका अनुसार पहिला मासिक ५ दशमलव ८ प्रतिशत निर्माणको काम हुन्थ्यो । अहिले राती काम सुरु गरे यता १ दशमलव ६ प्रतिशत भन्दा बढी कामको प्रगति हुन नसक्दा दिउंसो बन्द गरेर काम गर्न लागिएको हो ।

उक्त सडक खण्डमा पर्ने ८ सय मिटर पहाड कटिङ गर्न बाँकी छ । अहिले सम्म निर्माणको काम ७२ प्रतिशत भएको छ । १४ दशमलव ५ किलोमिटर पिच निर्माणको काम भएको छ ।