काठमाडौँ– धुम्वाराहीस्थित ह्याम्स अस्पतालको वार्षिक साधारण सभा सम्पन्न भएको छ। ह्याम्स अस्पताल कम्पनी पब्लिक लिमिटेडमा गएपछि आयोजना गरिएको यो पहिलो साधारण सभा हो।


ADVERTISEMENT


साधारण सभाले सर्वसाधारणका लागि १५ प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता शेयर प्राथमिक सेयर९आईपीओ० जारी गर्ने निर्णय निर्णय समेत गरेको छ भने बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुनेछ।


ADVERTISEMENT

# # #


त्यसैगरी सभाले शेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्ने निर्णय समेत गरेको छ।

त्यस्तै साधारण सभामा आफ्ना सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण निर्णय गरिएको छ भने त्यस पश्चात् कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ पुगेको बताइएको छ।

सञ्चालक समिति गठन

अध्यक्ष राम शरण भण्डारीले जानकारी दिए अनुसार साधारण सभाबाट ५ सदस्यीय सञ्चालक समिति गठन सर्वसम्मत चयन भएका छन्। जसमा संस्थापक सेयरधनीको तर्फबाट राम शरण भण्डारी, प्रा।डा।गीता जोशी सायमी, दल बहादुर भण्डारी र प्रेम बहादुर भण्डारी रहेका छन्।

यस्तै स्वतन्त्र सञ्चालकमा टंकमणि शर्मा दंगाललाई नियुक्त गरिएको छ। स्वास्थ्य र प्रशासकीय क्षेत्रका अनुभवी शर्मा पूर्व महालेखा परीक्षक समेत हुन्।