काठमाडौं-तराईका शीतलहर पीडित समुदायलाई युवा संघ नेपालले राहत वितरण गरेको छ । जाडोले प्रभावित भइरहेका समुदायको लागि युवासंघले न्यानो वितरण गरेको हो । सिरहाको कल्याणपुरस्थित मुसहर र डोम बस्तीका शीतलहर पीडितलाई राहत वितरण गर्न लागेको युवा संघ सचिवालय सदस्य रमेश आचार्यले जानकारी दिए । संघले काठमाडौँमा राहत संकलन गरेर सिरहातर्फ गएका थिए ।


ADVERTISEMENT


यसवासंघका अध्यक्ष राजीव पहारी, उपाध्यक्ष चन्द्र लामा तथा सिरहा-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित तथा नेकपा एमालेका केन्द्रिय सदस्य लिलानाथ श्रेष्ठ लगायतको टिम राहत वितरणका लागि उक्त बस्तीतर्फ जाँदै गरेको सदस्य आचार्यलाई जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथीको रुपमा राजीब पहारी, बिशेष अतिथीको रुपमा लिलानाथ श्रेष्ठ, रमेश आचार्य र चन्द्र लामा साथै उपस्थितीमा यासा बिभक्त, हरी गौतम र स्वतन्त्र पण्डित रहेका थिए ।


ADVERTISEMENT

# # #


प्राकृतिक प्रकोपबाट जनजीवन कष्ट हुने नपर्नै र आगामी दिनमा प्राकृतिक प्रकोप बाट जिवन गुमाउन नपर्नै गरी अब बन्ने नेकपा एमालेको नेतृत्वमा आगामी दिनमा सो अनुसार काम गर्ने ठोकुवा युवासंघका केन्द्रिय अध्यष राजिब पहारीले गरेका छन् । हामीले आज यो न्यानो कपडा बितरणमा ल्याएका न्यानो कपडाले या गाँउ र यो बस्तीका सम्पुर्ण जनतालाई पुग्नेगरी हामीले न्यानो कपडाल्याउन सकेका छैनौ तर हामी सम्पुर्ण संङ्गसंस्थामा काम गर्नै सामाजिक कर्मीहरु र नेपाल सरकारलाई तराईका जनजीवन कष्टकर बनेकाले यो चिसोबाट पिडीत जनताको लागी न्यानो कपडा र न्यानो हिसाबले बस्ने प्रबन्ध मिलाउनका लागी ध्यानआकर्षण गरेको छ भन्ने कुरा राजीब पहारील उक्त कार्यक्रममा बताएका छन् ।

त्यसैगरी बिशिष्ट अथितीका रुपमा रहेका लिलानाथ श्रेष्ठले नेकपा एमाले नेपाली जनतालाई दुःख परेको बेला साथ दिने पार्टी भएको र पार्टीले तराई, पहाड, हिमालमा बस्ने जनताहरुलाई समान अधिकारले सम्पन्न बनाउनका निम्ती जारी भएको संबिधानमा पनि ती कसराहरुको उल्लेख गर्न भुमीका खेलेको पार्टी नेकपा एमाले रहेको कुरा बताएका छन् ।

अथितिका रुपमा रहेका चन्द्र लामाले हिमाल पहाड तराईमा जन्मनाको कारणले गर्दा कोही मान्छे दुःखी, गरीब, धनी हुनुपरेने कारण छैन । यो राज्यद्वारा गरीने भेदभावपुर्ण ब्यवहार र सेवासुविधामा गरीएका कारण जनताले उक्त अवसर नपाउने अवस्था बनिरहेको छ । त्यो कुरा अन्त्य गर्नका लागी नेकपा एमालेको नेर्तत्वमा सरकार बन्दै छ र संविधानमा उल्लेख भएका गाँस बाँस र कपास सहितका आधारभूत जनताका अधिकारहरुलाई स्थापीत गराउने र त्यसलाई कार्यान्वयन गर्ने कुरामा नेकपा एमालेको सरकारले भुमीका खेलेको छ । हामी सभासदहरुले प्रदेशसभामा र प्रतिनिधीसभामा सो अनुसारको भुमीका खेलेर तपाँईहरुलाई आगामी दिनमा यो दुुःखमा , गरिबीमा बाच्न पिछडिएको अवस्थामा बस्न नपर्नै कुराको अन्त्य गर्दै यो देशलाई समृद्ध र नेपाली जनतालाई सुखी बनाउने अभियानमा नेकपा एमाले रहेको छ । त्यसकारण आजपनि हामीले न्यानो कपडा ल्याएका छौं । आगामी दिनमा पनि यी कामहरुलाई निरन्तरता दिनेछौं र यो कुरामा युवासंघ नेपाल प्रतिबद्ध रहेको कुरा बताएका छन् ।

उक्त कार्यक्रमका प्रमुख रमेश आचार्यले गरेका थिए । उनले बताएअनुसार हामीले यो कार्यक्रमको आयोजना बिभिन्न सामाजिक संङ्गसंस्थामा काम गरीरहेका समाज सामाजिक कर्मीहरु र नेपाल सरकार र अन्तरराष्ट्रिय दातृ निकायहरुलाई यतिबेला प्राकृतिक प्रकोपका कारणले गर्दा तराईको जीवन अत्यन्त कष्टकर भईरहेको र केही व्यक्त्तिले आफ्नो ज्यान गुमाउनुपरेको अवस्था बनेकाले उक्त कुराबाट मुक्त गराउनका लागी ती सामाजिक संस्थामा काम गर्नै व्यक्त्तीहरु सामाजिक संस्था नेपाल सरकार अन्तरराष्ट्रिय दातृ निकायहरुलाई यो ठाँउमा आएर काम गरीदिन र यहाँका जनतालाई सहयोग गरिदिनका लागी हामीले यो कार्यक्रमका आयोजना गरेका छौं । हामीले ल्याएको न्यानो कपडा अत्यन्त थोरै मात्रामा रहेको छ तर यसलाई एउटा सिम्बोलका रुपमा बुझिदिनका लागी उनले आग्रह गरेका छन् ।