काठमाडौं – तिहारपछि नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।

सुनको भाउ एकैपटक प्रतितोला १२ हजार ६ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि शुक्रबार मूल्य समायोजन गर्दै सुनको नयाँ मूल्य निर्धारण गरेको हो । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।


ADVERTISEMENT

#


त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ सय ५५ रुपैयाँले घटेर ३ हजार ७ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।