काठमाडौं-नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक आज बस्दै छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो ।


ADVERTISEMENT


यसअघि शनिबार एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आजको बैठकमा एजेन्डाबारे छलफल भएको थियो ।


ADVERTISEMENT

# # #


आजको बैठकमा राष्ट्रिय सभामा उम्मेवार, प्रदेशका मुख्यमन्त्रीलगायतका विषयमा छलफल हुनेछ । साथै दुई दलले गठन गरेको संयुक्त कार्यदलको रिपोर्ट, पार्टी एकता र एकताको साझा दस्तावेजबारे पनि बैठकमा छलफल हुनेछ ।

संयोजन समितिमा दुबै दलका अध्यक्षसहित शीर्ष नेताहरु सदस्य छन्।