काठमाडौं-इंग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले क्रिष्टल प्यालेसलाई सहजै हराएको छ । शनिबार राति भएको खेलमा आर्सनलले क्रिष्टललाई ४–१ गोल अन्तरमा पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जित दिलाउन नाचो मोनरियल,एलेक्स ओबी, लौरेन्ट र एलेक्जेन्डर लाकाजेटले समान एक एक गोल गरे । आर्सनलले चारै गोल पहिलो हाफको २५ मिनेट भित्र भएको थियो । क्रिष्टलका लुका मिलिभोजेभिकले एक गोल फर्काए ।


ADVERTISEMENT


योसँगै जित बिहीन यात्राको शृङ्खलालाई आर्सनलले रोकेको हो । छैटौँ मिनेटमा नाचो मोनरियलले गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए । १० औँ मिनेटमा इवोबीले गोल गर्दै अग्रता दोब्बर पारे । १३ औँ मिनेटमा लोरेन्ट कोशिएल्नी तथा २२ औँ मिनेटमा एलेक्सान्ड्र लाकाजेटीले गोल गरेपछि आर्सनलले पहिलो हाफमा ४–० को अग्रता लियो।


ADVERTISEMENT

# # #


७८ औँ मिनेटमा मिलिवोजेविकले क्रिष्टल प्यालेसका लागि एक गोल फर्काए पछि आर्सनल ४–१ ले विजयी भयो । जितपछि छैटौँ स्थानको आर्सनलको २४ खेलबाट ४२ अंक भएको छ। ऊ पाँचौँ स्थानको टोटनह्याम भन्दा दुई अंकले पछि रहेको छ । पराजित क्रिष्टल २५ अंकसहित लिगको १३ औं स्थानमा छ । लिगको शिर्ष दुई स्थानमा डर्बी क्लब म्यानचेस्टर सिटी र युनाइटेड रहेको छ ।

राति नै भएका अरु खेलमा लेस्टर सिटीले वाट्फोर्ड तथा स्टोक सिटीले हडर्ल्सफिल्डलाई समान २–० ले हरायो । यस्तै वेष्ट ह्याम र बोर्नमाउथ तथा एभर्टन र वेष्ट ब्रोमले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन्