कैलाली– सात नम्बर प्रदेशका सांसदहरुले सपथ लिएका छन् । मुलकका सात प्रदेशमध्ये सात नम्बर प्रदेशका सांसदको सपथ केही ढिला भएको थियो । सात नम्बर प्रदेशका प्रमुख मोहनराज मल्ल धनगढी आइपुग्न ढिलाभएपछि शपथ ग्रहण ढिला भएको हो ।


ADVERTISEMENT


सात नम्बरमा प्रदेश प्रमुख मल्लले पहिला ज्येष्ठ सदस्य ७४ वर्षीय दिव्यश्वरी शाहलाई शपथ खुवाएका थिए । त्यसलगत्तै ५२ जना प्रदेशसभा सदस्यले शाहबाट शपथ ग्रहण गरेका थिए । प्रदेश ७ मा प्रत्यक्ष र समानुपातिक गरी ५३ प्रदेशसभा सदस्य छन् ।


ADVERTISEMENT

# # #