काठमाडौं-सवारी सञ्चालन अनुमतिपत्र(लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना तिरेपछि छुटकारा पाइन्छ ।


ADVERTISEMENT


जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सविनै बर्षौदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन ।


ADVERTISEMENT

# # #


उनीहरुलाई ट्राफिकले जरिवानावापतको सामान्य चिट काटेपछि पुनः सवारी चलाउन योग्य हुन्छन् । ग्रामीण भेगमा मात्र होइन, राजमार्गमा चल्ने केही सवारी चालक पनि यसरी नै सवारी चलाइरहेका छन् ।

दुर्घटना न्यूनिकरण र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न भन्दै ट्राफिक प्रहरीले राजमार्ग र ग्रामीण भेगमा समेत चेकजाँधचमा कडाइ गरेको छ । जसबाट सरकारलाई राजश्व त बढेको छ, तर दुर्घटनामा भने न्यूनिकरण भएको छैन् ।-आजको नयाँ पत्रिकाबाट