काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

प्लेअफमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित दुवै टोली मैदान उत्रिएका छन् । खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । काठमाडौंले टस जितेपछि सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको हो । आजको खेल जित्ने टोली प्लेअफमा प्रवेश गर्नेछ ।


ADVERTISEMENT

#


यस खेलका लागि दुवै टोलीले आफ्नो पहिलो रोजाइमा समान दुई खेलाडी परिवर्तन गरेका छन् । सुदूरपश्चिमले अभिनाश बोहराको स्थानमा दीपक बोहरा र सैफ जैबको स्थानमा फाबियन एलनलाई मौका दिएको छ ।

यस्तै, काठमाडौंले पनि डेभिड वार्नर र विलियम बोसिस्टोको स्थानमा श्रीलंकाका दुसान हेमन्था र अस्ट्रेलियाका साम हिजलेटलाई पहिलो रोजाइमा समावेश गरेको छ ।


ADVERTISEMENT

#
#