काठमाडौँ – उच्च अदालत पाटनले मोबाइल नेटवर्क प्रदायक कम्पनी एनसेलको शेयर विक्रीको निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको माउकम्पनी अजियाटाले आफ्नो स्वामित्वमा रहेको एनसेलको शेयर विक्री गर्ने निर्णय गरेपछि शुक्रबार न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले उक्त आदेश दिएको हो ।


ADVERTISEMENT


उक्त निर्णयविरुद्ध गोकुल बहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए ।  उक्त रिटमाथि सुनुवाई गर्दै उच्च् अदालतले दुवै पक्षलाई छलफलमा समेत बोलाएको छ ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, “यसमा के कसो भएको हो ? निवदेकको निवेदन माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? निवदेनको माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सबूद प्रमाणसहित सूचना म्याद पाएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं। १ र ४ को हकमा उच्च सरकारी वकील कार्यालय पाटनमार्फत् र अन्य विपक्षीहरुको हकमा आफैं वा निजहरुको कानुन बमोजिमको प्रतिनिधिमार्फत् लिखित जवाफ पेस गर्नुहोला भनी आदेश र निवेदनको प्रतिनिलिपिसहित विपक्षीहरुको नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि नाघेपछि नियमानुसार पेश गर्नुहोला,”