काठमाडौं-राष्ट्रिय जनता पार्टी (राजपा)ले राष्ट्रियसभा सदस्यका दुई उम्मेदवार तय गरेको छ ।


ADVERTISEMENT


उसले वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल र उपाध्यक्ष रमेश यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । लाल प्रदेश २ को अल्पसंख्यक र यादव खुलातर्फ उम्मेदवार हुनेछन् । कांग्रेस र मधेसी गठबन्धनको भागवण्डामा प्रदेश २ मा तीन दलले २/२ सिट लिने सहमति भएको थियो ।


ADVERTISEMENT

# # #


राजपा महासचिव मनिष सुमनका अनुसार राजपाले अन्य प्रदेशमा उम्मेदवारी दिने छैन र कांग्रेसलाई समर्थन गर्नेछ । स्थानीय तहमा प्रदेश २ बाहेक अन्यत्र उसको भोट छैन भने प्रदेशसभामा ७ मा २ र ५ मा एक सिट जितेको छ ।

यसैगरी प्रदेश २ मा संघीय समाजवादी फोरमले दलितमा रामपृत पासवानलाई र महिलामा प्रमिला यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।