काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले चुनावी तालमेल गरेका छन् ।


ADVERTISEMENT


प्रदेश नं २ मा कांग्रेस, राजपा नेपाल र संघीय समाजवादीले निर्वाचनमा दुई दुईजना उम्मेदवार भागबण्डा गरी सोहीअनुसार उम्मेदवारी दिने सहमति गरेका छन् ।


ADVERTISEMENT

# # #


कांग्रेसले सोही सहमतिअनुसार प्रदेश नं २ मा जीतेन्द्रनारायण देव खुलामा र मुक्ताकुमारी यादव महिलामा उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

त्यस्तै कांग्रेसले प्रदेश नं १ मा रमेशजङ रायमाझी खुला, सरिता प्रसार्इं महिला र विन बिक दलित तथा प्रदेश नं ३ मा राधेश्याम अधिकारी खुला र धना खतिवडा महिलालाई उम्मेदवार बनाएको उनले बताए । प्रदेश नं ३ मा कांग्रेसका उम्मेदवारलाई नयाँ शक्ति पार्टी नेपाल र विवेकशील साझा पार्टीले सघाउने सहमति भएको पार्टी प्रवक्ता शर्माले जानकारी दिए ।

कांग्रेसले अन्य चार प्रदेशमा भने मङ्गलबार नै उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगको तालिका अनुसार माघ १० गते आज उम्मेदवारको मनोनयन पत्र दर्ता, माघ १५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र माघ २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म राष्ट्रियसभा सदस्यका लागि मतदान हुनेछ ।