काठमाडौं – नेपालले पश्चिम अफ्रिकी देश बेनीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बेनीन नेपालसँग कूटनीतिक साईनो जोड्ने १५७ औं देश बनेको छ । जनवरी २३ मंगलबार राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र बेनीनका राष्ट्रसंघीय प्रतिनिधि जीन क्लाउड डो रेगोबीच न्यूयोर्कस्थित नेपाली नियोगमा भएको यो प्रगतिबारे राष्ट्रसंघ सचिवालयलाई पनि जानकारी गराइएको छ ।


ADVERTISEMENT


त्यस अवसरमा दुवै देशका प्रतिनिधिले आगामी दिनमा आपसी सहकार्यलाई अझ प्रगाढ बनाउँदै लैजाने बताएको नियोगद्वारा जारी प्रेस वक्तब्यमा जनाइएको छ । बेनीन र नेपाल यसअघि पनि राष्ट्रसंघीय कार्यक्रममा आपसी सहकार्यमा रहेका छन् ।


ADVERTISEMENT

# # #


२०१६ को तथ्याङ्क अनुसार एक करोड १० लाख जनसंख्या रहेको पश्चिम अफ्रिकी मुलुक बेनीनको क्षेत्रफल १ लाख १४ हजार ७ सय ६३ वर्ग किलोमिटर रहेको छ । पूर्वमा नाईजेरीया पश्चिममा टोगो रहेको बेनीन बुर्कीनाफासो र नाइजरको आवतजावत भूमि पनि हो । अफ्रिकाको सबैभन्दा स्थीर प्रजातान्त्रिक मुलुक मानिने बेनीन अफ्रिका महादेशकै सबैभन्दा धेरै कपास उत्पादन गर्ने देश पनि हो । बेनीन भोडो धर्म मान्ने देशका रुपमा चिनिन्छ ।

नेपाल र बनीन दुबै अल्पविकसित मुलुक, जी ७७ का सदस्य राष्ट्र तथा असंलग्न परराष्ट्र नीति लिएका देशहरु हुन् । १९६० अगस्ट १ मा फ्रान्ससँग स्वतन्त्र भएपछि बेनीनले १९६० कै सेप्टेम्बर २० मा संयुक्त राष्ट्रसंघको सदस्यता पाएको थियो ।