विराटनगर– नेपालमै सबैभन्दा बढी मतदाता भएको जिल्लामा मोरङ दरिएको छ । यस जिल्लामा पाँच लाख ६३ हजार आठ सय ७० मतदाता छन् । यसअघि विसं २०७० मा चार लाख ९५ हजार मतदाता थियो ।


ADVERTISEMENT


कुल मतदातामा दुई लाख ८५ हजार नौ सय ३७ पुरुष र दुई लाख ७७ हजार नौ सय ३३ महिला रहेको पूर्व क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । पाँच लाख ५९ हजार चार सय मतदाता भएको काठमाडौँ अब दोस्रो स्थानमा छ ।


ADVERTISEMENT

# # #


मोरङ जिल्ला बसाइँ–सराइमा तुलनात्मक रुपमा बढेका कारण मतदाता थपिएको अनुमान गरिएको छ ।