काठमाडौं-राष्ट्रियसभा चुनावमा कांग्रेस, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीबीच गठबन्धन भएको छ। तीन दलबीच राष्ट्रियसभामा चुनावी एकता गर्ने सर्तमै सरकारले फोरमका रत्नेश्वरलाल कायस्थलाई प्रदेश २ र उमाकान्त झालाई प्रदेश ५ को प्रमुखमा नियुक्त गरेको थियो।


ADVERTISEMENT


प्रदेश २ मा कांग्रेस, राजपा र संघीय फोरमले चुनावमा दुईरदुई जना उम्मेदवार भागबन्डा गरी उम्मेदवारी दिने सहमति गरेका छन्। अन्य प्रदेशमा पनि फोरम र राजापले कांग्रेसी उम्मेदवारलाई मत दिने सहमति भएको जानकारी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दिए।


ADVERTISEMENT

# # #


कांग्रेसले सोही सहमतिअनुसार प्रदेश २ मा जितेन्द्रनारायण देव खुला र मुक्ताकुमारी यादव महिलालाई उम्मेदवारी बनाएको छ।

प्रदेश ३ मा कांग्रेस उम्मेदवार राधेश्यम अधिकारीलाई नयाँ शक्ति र विवेकशील साझा पार्टीले पनि सघाउनेछन्।वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले गठबन्धनकै आधारमा उम्मेदवारी दिएका छन् ।-आजको अन्नपुर्ण पोष्टबाट