काठमाडौं-झापाको कमल गाउँपालिका-५ पाडाजुँगी चोकमा टाटा सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । उनको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको बुधबार बेलुका ९ बजेतिर ठक्कर दिएको थियो ।


ADVERTISEMENT


ठक्करबाट गम्भीर घाइते उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरीले जानकारी दिए । ठक्कर दिने सुमोको चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #