काठमाडौं(रासस)-लिबियाको दोस्रो ठूलो सहर बेनगाजीमा दुईवटा कारबम विस्फोट हुँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । जेहादीहरूले गराएको विस्फोटनमा दर्जनौं घाइते भएको पनि चिकित्सा अधिकारीले बुधबार जानकारी दिएका छन् । मंगलबार बेलुकाको प्रार्थनापछि आक्रमणकारीले हमला गरेका हुन् । अन्य शहरभन्दा शान्त मानिने बेनगाजी गत वर्ष जुलाईमा जिहादी समूहबाट मुक्त घोषणा भएको थियो ।


ADVERTISEMENT


सैन्य उच्च अधिकारी खालिफा हाफ्टारले जिहादी समूहबाट मुक्त भएको घोषणा गरेका थिए । जिहादीविरुद्ध बेनगाजीमा तीन वर्षे अभियान चलाइएको थियो । तैपनि हिंसात्मक घटना भने निरन्तर रूपमा भइरहेका छन् । पहिलो विस्फोट भएलगत्तै सुरक्षाकर्मी उद्धारकार्यमा खछिएका बेला दोस्रो आक्रमण भएको थियो । अल जाला अस्पतालका प्रवक्ता फाडिआ अल बरगाछीले अस्पतालमा २५ जनाको मृत्यु र ५१ जना घाइते भएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यसैगरी बेनगाजी मेडिकल सेन्टरका प्रवक्ता खालिल गिडेरले आफ्नो अस्पतालमा नौजनाको मृत्यु भएको र ३६ जना घाइते भएको बताएका छन् । चिकित्सा अधिकारीले घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।