काठमाडौं-आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।


ADVERTISEMENT


महिनावारी हुँदा घरमा बस्न नपाउने र बिरामीको उपचार पनि गर्न नपाउने गरेको उनको भनाइ छ । ‘महिनावारी भएको समयमा बिरामीको उपचार गर्न दिँदैनन्, देउता लाग्ने डरले म पनि छाउगोठमै बसिरहेको छ,’ उनले भनिन् ।-नयाँ पत्रिकाबाट


ADVERTISEMENT

# # #