काठमाडौँ– ‘देश खारेज गर’को नारा लगाएको भन्दै चौतर्फी आलोचना भएपछि नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमीले माफी मागेकी छन् ।  यमीले सोमबार पत्रकार सम्मेलन गरेर आफूले देशकै अपमान हुने गरी गरेको नारावाजी प्रति आत्मलोचना गर्दै माफी मगेकी हुन् ।


ADVERTISEMENT


नयाँ शक्ति पार्टीले आइतबार आयोजना गरेको अन्दोलनको क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पार्टी संयोजक बाबुराम भट्टराईसहित अन्य नेतालाई प्रहरीले पक्राउ गर्ने क्रममा उनले आपत्तिजनक नारा लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनको चर्को आलोचना सुरु भएको थियो । नेतृ यमीले जारी गरेको प्रेस विज्ञप्तीमा आफूले अर्धचेत अवस्थामा आवेगमा आएर त्यस प्रकारको नारा लगाएको बताएकी छिन् ।


ADVERTISEMENT

# # #


‘सुरक्षाकर्मीहरुले हामीलाई समातेर सुरक्षा भ्यानमा राखे । म त्यो बेला आवेस र अर्धचेत अवस्थामा थिएँ । तीब्र आवेसमा म चिच्याउँदै नाराबाजी गर्न लागेछु । त्यसैक्रममा मैले स्थानीय निर्वाचन ऐनको यो आदेश खारेज हुनुपर्छु भन्न खोज्दा वेहोशीपूर्वक अन्यथा हुनपुगेछु’,  विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनको प्रेसर, भाषागत कमजोरी र वेहोसीमा मैले आदेशलाई अन्यथा उच्चारण गर्न पुगेको हुँ । पछि साथीहरुले रोकेपछि मात्रै म होशमा आएँ र आफ्नो गल्ती महसुस गरें ।’

उनले भविष्यमा पुनःयस्तो गल्ति नदोहोर्‍याउने प्रतिवद्धता जनाउँदै क्षमायाचना गरेकी छिन् ।‘परिस्थितिजन्य घटना र वेहोसीमा आफ्नो प्यारो देशका विरुद्ध मबाट जे जस्ता शब्दहरु निस्किए सोप्रति म अत्यन्त दुःखित छु । म अन्तर हृदयैदेखि यसवापत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुसँग क्षमायाचना गर्दछु,’ यमीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।