काठमाडौं-राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन ।


ADVERTISEMENT


प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सरकार र अन्य सबै पक्षलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


राष्ट्रिय सभा निर्वाचन कार्यक्रमअनुसार १५ माघमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । शुक्रबारसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । त्यस्तै १४ माघमा उम्मेदवारी फिर्ता लिने कार्यतालिका छ ।

अन्तिम नामावली प्रकाशनसँगै १५ माघमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।-आजको नयाँ पत्रिकाबाट