काठमाडौं-एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन् । ओलीनिवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन् ।


ADVERTISEMENT


बैठकमा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए ।


ADVERTISEMENT

# # #


‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ ।’-आजको नयाँ पत्रिकाबाट