काठमाडौं-मान्छे बिरामी हुँदा आपत्कालीन अवस्थामा प्रयोग गरिने एम्बुलेन्सको चरम दुरुपयोग भएको छ । नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाको ना२च २८९२ नम्बरको एम्बुलेन्स बिरामी बोक्न छाडेर परिवारसहित हिउँ खेल्नमा प्रयोग गरेको पाइएको हो ।


ADVERTISEMENT


मकवानपुरको दामनमा परिवारसहित हिउँ खेल्न सो एम्बुलेन्स प्रयोग गरेको पाइएको छ । एम्बुलेन्स सञ्चालक प्रतिप लामाले आर्थिकभार नपर्ने भएकाले एम्बुलेन्स लिएर परिवारसहित दामनमा हिउँ खेल्न गएको बताए । ‘बिरामी लिएर काठमाडौं गएको थिएँ,’ लामाले भने, ‘आउँदा खाली थियो, परिवारलाई लिएर हिउँ खेल्न दामन गएको हुँ ।’ बिरामी बोक्न प्रयोग गरिने एम्बुलेन्स अन्य प्रयोजनको लागि प्रयोग गर्न पाइँदैन ।


ADVERTISEMENT

# # #


सञ्चालकलाई कारबाही गर्छौँ

नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाका अध्यक्ष दामोदर न्यौपानेले एम्बुलेन्सको दुरुपयोग भएको स्वीकार गरे । ‘हाम्रो एम्बुलेन्स दुरुपयोग भएको छ । परिवार त के बिरामी नभए सानो बच्चा पनि एम्बुलेन्समा बोक्न पाइँदैन,’ उनले भने, ‘एम्बुलेन्स सञ्चालकमाथि कारबाही गर्छौँ ।’ हिउँ खेल्ने ठाउँमा एम्बुलेन्स लैजानु नै गलत भएको न्यौपानेले बताए । एम्बुलेन्स नियन्त्रणमा लिएर छानबिन सुरु गरिएको पनि उनले बताए ।

https://www.facebook.com/24hoursnpl/videos/509040536134236/