काठमाडौं-एलेक्सिस स्यान्चेजले डेब्युमा उत्कृष्ट प्रदर्शन गर्दा इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई पराजित गरेको छ । योभिलको घरेलु मैदानमा युनाइटेडले ४-० ले जित दर्ता गर्‍यो ।


ADVERTISEMENT


मार्कस रासफर्डको ४१ औं मिनेटको गोलमा अग्रता लिएको युनाइटेडका लागि आन्देर हरेराले ६१ औं मिनेटमा अग्रता दोब्बर पारे । जेसी लिङ्गार्ड र रोमेलु लुकाकुले बेञ्चबाट मैदान पस्दै गोल गरेपछि युनाइटेडको जित पक्का भएको थियो ।


ADVERTISEMENT

# # #