काठमाडौं-अमेरिकी राष्ट्रपति कार्यालयले मेक्सिकोको सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि खर्च जुटाउन १८ लाख आप्रवासीलाई नागरिकता दिने योजनाको खाका तयार पारेको छ । उक्त खाका अमेरिकी राष्ट्रपतिका प्रमुख सहयोगीको सुझावमा तयार पारिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।


ADVERTISEMENT


आप्रवासीसम्बन्धी योजनाबारे डेमोक्रयाटिक सिनेटरसँग वार्ताको तयारी भइरहेका बेला नयाँ योजना सार्वजनिक गरिएको हो । प्रस्तावित कानुन आगामी सोमबार सार्वजनिक गरिने जनाइएको छ । मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न उक्त कानुनअनुसार २५ खर्ब डलर माग गरिने बताइएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकी सञ्चारमाध्यमका अनुसार शुक्रबार ह्वाइटहाउस नीति प्रमुख स्टेफेन मिलर र रिपब्लिकनहरूबीचको कन्फरेन्स कलमा उक्त योजनाको विस्तृत विवरणबारे कुराकानी भएको हो । मिलरले ह्वाइटहासको उक्त योजनालाई ‘नाटकीय छुट’ को संज्ञा दिए । योजनाअनुसार अमेरिकाले १० देखि १२ वर्षमा १८ लाख आप्रवासीलाई नागरिकता दिइनेछ ।

मिलरका अनुसार नयाँ योजनाअनुसार ‘ड्रिमर्स’ भनिने सानो उमेरमा गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका करिब ७ लाख आप्रवासीले पनि नागरिकता पाउनेछन्। उनीहरूलाई पूर्वराष्ट्रपति बाराक ओबामाले ल्याएको डाका कार्यक्रमअन्तर्गत अमेरिकामा बसोबास गरिरहेका छन्।