काठमाडौं-डिल्लीबजार कारागारबाट भागेका एक कैदीमाथि प्रहरीले गोली चलाएको छ । अघिल्लो साता डिल्लीबजार कारागारबाट भागेका टिकाबहादुर थापा(टिके) माथि गोली चलाइएको स्रोतले जानकारी दिएको छ ।


ADVERTISEMENT


प्रहरीले टिकेले प्रहरीमाथि नै आक्रमणको प्रयास गरेपछि गोली चलाइएको जनाएको छ । काठमाडौंबाट गएको अपराध महाशाखाको टोलीलाई टिकेले नै गोली चलाएपछि प्रहरीले पनि गोली चलाएको जनाएको छ ।


ADVERTISEMENT

# # #


उनको अहिले चितवनमा उपचार भैरहेको प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रवक्ता प्रभु ढकालका अनुसार उनी गम्भीर घाइते छन् । उनको हात र खुट्टामा गोली लागेको छ ।

यसअघि प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनको मृत्यु भएको बताइए पनि उनको गम्भीर अवस्थामा उपचार भइरहेको चितवन प्रहरीले जनाएकोले सच्याइएको छ ।