काठमाडौं-क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि स्पेनिस ला लिगा फुटबलमा शनिबार राति रियल मड्रिडले भ्यालेन्सियामाथि ४-१को प्रभावशाली जित निकालेको छ। भ्यालेन्सियालाई उसकै घरेलु मैदानमा हराउने क्रममा क्रिष्टियानो रोनाल्डोले २ तथा मार्सेलोले र टोनी क्रुजले एक एक गोल गरे।


ADVERTISEMENT


रोनाल्डोले खेलको १६औं र ३८औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियललाई पहिलो हाफ अघि नै २–० को अग्रता दिलाएका थिए।रोनाल्डोले पहिलो पेनाल्टी भ्यालेन्सियाका खेलाडीले फउल गरेपछि पाए भने दोस्रो पेनाल्टी करिम बेन्जिमालाई भ्यालेन्सियाका खेलाडीले धकेलेकाले पाएका हुन्।


ADVERTISEMENT

# # #


गएरातिको २ गोल सँगै रोनाल्डोले ला लिगामा यो सिजन गोल संख्या ८ पुगेको छ।

दोस्रो हाफमा थप लयमा देखिएको घरेलु टोलीले ५८ औँ मिनेटमा गोल गर्दै खेलमा फर्कने कोशिश गर्‍यो। मिना लोरेन्जोले भ्यालेन्सियाका लागि गोल फर्काएका हुन्। तर ८४ औँ मिनेटमा मार्सेलो तथा ८९ औँ मिनेटमा क्रसले गोल गरेपछि भ्रमण टोली रियल मड्रिडले ४–१ को प्रभावशाली जित दर्ता गर्‍यो।

यो जितसँगै चौथो स्थानको रियलले तेस्रो स्थानको भ्यालेन्सियासँगको अंक दूरी दुईमा झारेको छ। यस्तै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी पनि १६ मा छोट्याएको छ। गएको बुधबार राति भएको खेलमा पराजित हुँदै रियल कोपा डेल रेबाट बाहिरिएको थियो।