काठमाडौं-केही दिनदेखि बढेको काठमाडौंको तापक्रम आइतबार फेरि घटेको छ । तापक्रम २.५ डिग्रीमा झरेपछि काठमाडौंमा चिसो महसुस भएको छ । यो शनिबार बिहानको तुलनामा १.३ डिग्रीले कम हो । मौसम पूर्वानुमान महाशाखाले काठमाडौंको आकासमा लागेको बादल फाटेकाले चिसो बढेको जनाएको छ ।


ADVERTISEMENT


मौसमविद् मिनकुमार अर्यालले आकासमा लागेको बादलले ब्लाङ्केटको काम गर्ने र त्यो हट्दा चिसो महसुस भएको बताए । ‘बादलले ब्लाङ्केटको काम गर्छ, त्यही ब्लाङ्केटको काम गर्ने बादल हटेकाले तापक्रम घटेको हो’, अर्यालले चिसो बढ्नुको कारण खुलाउँदै भने ।


ADVERTISEMENT

# # #


आइतबार चिसो बढे पनि अब घट्दै जाने मौसमविद् अर्यालको भनाइ छ । ‘अब दिन पनि क्रमशः बढ्दै जान्छ, जाडो पनि हट्छ,’ उनले भने । अर्यालका अनुसार, पूर्वी र पश्चिमी तराईमा समेत हुस्सु क्रमशः फाट्दै गएकाले अब गर्मी सुरु हुन्छ ।