काठमाडौं-पार्टी एकता र प्रदेश सरकार गठनबारे छलफल गर्न बामगठवन्धनद्वारा गठित कार्यदलको बैठक आज बस्दैछ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ वजे बस्ने बैठकमा प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलले जनाएको छ ।


ADVERTISEMENT


आजको बैठकमा एकता प्रक्रियासँगै प्रदेश सरकार गठनबारे छलफल हुने कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिएका छन् । २ नम्बर प्रदेश बाहेकका प्रदेशमा स्पष्ट बहुमत पाएका बाम गठबन्धनले ती प्रदेशमा सरकार गठनको तयारी तीव्र पारेका छन् ।


ADVERTISEMENT

# # #


माओवादी केन्द्रले ६ वटा प्रदेशमा एउटा दलले मुख्य मन्त्री पाए अर्को दलले सभामुख पाउने गरि प्रस्ताव गरेको छ । एद्यपी सो विषयमा ठोस छलफल नभएको एमाले नेताहरुले बताएका छन् । आजको बैठकमा बाम एकता प्रक्रिया र प्रादेशिक सरकार गठनबारे प्रारम्भिक छलफल हुने नेता पाण्डेले बताएका छन् ।

कार्यदलमा एमालेबाट नेता सुभाष नेम्वाङ सहित सुरेन्द्र पाण्डे र शंकर पोखरेल सदस्य रहेका छन भने माओवादी केन्द्रबाट रामवहादुर थापा, वर्षमान पुन र मात्रिका यादव सहभागी रहेका छन् ।