काठमाडौं-निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । चार प्रकारका आठवटा मतपत्र आयोगले सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ । यसैगरी प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र छापिएको छ ।


ADVERTISEMENT

# # #


प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखरउपप्रमुख वा अध्यक्षरउपाध्यक्षले अलग-अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुन्नेछन् ।

निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८-८ जना निर्वाचित हुनेछन् । ५९ सदस्यीय राष्ट्रियसभामा तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

राष्ट्रियसभा निर्वाचन यही माघ २४ गते हुने छ । प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा निर्वाचन हुनेछ ।

प्रदेश १ मा ३६७, प्रदेश २ मा ३७९, प्रदेश ३ मा ३४८, प्रदेश ४ मा २३०, प्रदेश ५ मा ३०५, प्रदेश ६ मा १९८ र प्रदेश ७ मा २२९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।