काठमाडौं-रौतहटको राजपुर नगरपालिकाको बैरियाटोल नजिकै सोमबार बिहान गोली लागेर एकजना घाइते भएका छन् । एउटै पेशा गर्दै आएका साथीले अर्को साथीलाई गोली हानेर घाइते बनाएको प्रहरीले बताएको छ ।


ADVERTISEMENT


राजपुर नगरपालिकाको भगवानपुरघाटमा बिहान करिब ९ बजे राजपुर नगरपालिका ९ का ३५ वर्षीय शेष सैफुल्लाहलाई गोली लागेको हो । सैफुल्लाहको कम्मरमुनिको दाहिने भागमा गोली लागेको छ । गाईभैंसी व्यापारी सैफुल्लाहलाई उनकै साथी अब्दुल खालिदले बोलाएर गोली हानेर भागेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


किन गोली हानेको हो,बुझ्न नसकेको घाइते सैफुल्लाहले बताए । गौर अस्पतालमा गोली निकाल्न नसकेपछि उनलाई थप उपचारका लागि वीरग‌ंज पठाइएको छ । घटनाका आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।