काठमाडौं– एमाले अध्यक्ष केपी ओलीले बामपन्थी सरकार बनेपछि देशमा सम्बृद्धिको ढोका खुल्ने दावी गरेका छन् ।


ADVERTISEMENT


सोमबार पार्टी कार्यालयमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई बधाइ दिने क्रममा अध्यक्ष ओलीले बामपन्थी सरकार बनेलगत्तै मुलुकमा सम्बृद्धिको ढोका खुल्ने र लगानीकर्ताहरु उत्साहित हुने बताए । उनले बामपन्थीको सरकार बन्ने दिन नजिकिएको भन्दै दिपावली गर्न तयार भएर बस्न आग्रह समेत गरे ।


ADVERTISEMENT

# # #


‘बामपन्थी सरकार बनेपछि यो दशेमा लगानी कर्ताले कुनै चिन्ता लिनुपर्दैन, देशमा सम्बृद्धिको ढोका खुल्छ, शेयरबजार उछालमा आउनेछ’ ओलीले भने ।

बामपन्थीहरु गैरजिम्मेवार हुन नसक्ने भन्दै ओलीले बर्तमान सरकार अलोकतान्त्रिक आचरणहिन भएपनि अव बन्ने सरकार त्यस्तो हुनै नसक्ने दावी गरे । उनले जाने बेलामा पनि यो सरकारले संविधान र कानुनविपरित अर्थतन्त्र डामाडोल पारेको आरोप लगाए ।

‘अवको सरकार त्यस्तो हुदैन, अव बन्ने सकरारले तीन खम्बे नीति अनुसार काम गर्छ ।’

लगानी कर्ताहरुलाई लगानी गर्न आव्हान गर्दै ओलीले अन्डरग्राउण्ड पैसालाई सुद्धिकरण हुने बाटो सरकारले दिन नसकेको बताए । ‘लोकतन्त्रको पर्यायवाची भन्ने यो सरकारले १० लाख रुपैयाँ बैकमा राख्न र निकाल्न जनतालाई सास्ती दिने गरेको छ ।अव त्यस्तो हुदैन ।’ अव बन्ने सरकारले लगानीमा एकद्धार प्रणाली लागु गर्ने तथा नीजिकरणका नाममा सरकारी उद्योग धन्दा विक्रि हुन नदिने ओलीको प्रतिवद्धता थियो ।