काठमाडौं – नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका प्रियंका कार्कीले पनि अभिनय गर्ने भएकी छन् । पिंयकासँगै यो चलचित्रमा नयाँ पुस्ताका कालाकारमा संजोग कोइराला र नायिका वर्षा राउत यसअघि नै अनुबन्धित भइसकेका छन् ।


ADVERTISEMENT


दिपेश सापकोटाले निर्देशन गर्न लागेको चलचित्रमा दिलिप रायमाझी, भुवन केसी, करिष्मा मानन्धर, किरण केसी लगायतका कलाकारले अभिनय गर्नेछन् ।


ADVERTISEMENT

# # #


नारीप्रधान लभ स्टोरी भनिएको चलचित्रलाई दिपेश सापकोटाले निर्देशन गर्नेछन् ।