काठमाडौं – रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनकी पत्नी निकिता पौडेल लामिछानेले जनकपुरधामस्थित गङ्गासागर पोखरीको छठघाटमा उदाउँदो सूर्यलाई अघ्र्य दिएका छन् ।
छठ पर्व मनाउन जनकपुरधाम पुग्नुभएका लामिछाने दम्पतीले गङ्गासागरस्थित छठघाटमा आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएका हुन् ।
उपमहानगरपालिका–२ स्थित शिवचोकमा रहेको नरेश साहको घरबाट उनीहरू ढाकी बोकी छठघाट पुगेका थिए । उनीहरूसँगै परिवारका अन्य सदस्य तथा शुभेच्छुक पनि छठघाट पुगेका थिए ।





























