काठमाडौँ– सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नेपालको राज्यसत्ता र शासन प्रणालीलाई सबैको साझा बनाउन समानुपातिक समावेशी राष्ट्रिय चरित्र आवश्यक भएको बताएका छन् ।


ADVERTISEMENT


फोरमको काठमाडौँ नागार्जुन नगर समितिको प्रथम एकता अधिवेशनमा उनले देशमा नेपाली काँग्रेस तथा कम्युनिस्ट पार्टीहरूले समाजवादको कुरा गरे पनि सङ्घीय शासनलाई अन्तर मनले स्वीकार नगरेको आरोप लगाए । सहअध्यक्ष श्रेष्ठले नेपालजस्तो मुलुकमा सङ्घीयता बिनाको समाजवाद प्राणबिनाको शरीर जस्तो भएको बताउँदै सङ्घीय समाजवादलाई सिद्धान्तका रूपमा स्वीकार्ने पार्टीहरूसँग सहकार्य गर्दै पार्टी एकीकरण गरेर अगाडि बढ्ने धारणा व्यक्त गरे।


ADVERTISEMENT

# # #


व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नहुँदासम्म यो संविधान कार्यान्वयन हुन नसक्ने बताउँदै उनले जबर्जस्ती गरे देशमा जनविद्रोह हुने सक्ने चेतावनी दिए । फोरमको काठमाडौँ नागार्जुन नगर समितिको प्रथम एकता अधिवेशनले अर्जुन गिरीको अध्यक्षतामा २१ सदस्यीय नागार्जुन नगर समिति गठन गरेको छ ।

नागार्जुन नगरपालिकाका पूर्व अध्यक्ष हिराकाजी महर्जनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका राजनीतिक समितिका सदस्यद्वय राजन केसी, प्रेमबहादुर थापा, केन्द्रीय सदस्यहरू लालबहादुर तामाङ, पवित्र बज्राचार्य, न्हुछेलाल महर्जन, रमेशचन्द्र प्रधान, कृष्णकुमारी वाइबा, युवराज भट्टराई, रामबहादुर नेपाली, पूर्व गाविस अध्यक्ष तथा स्थानीय नेता विनोद श्रेष्ठ, जिल्ला अध्यक्ष मनरत्न शाक्यलगायतका नेताले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पारे ।