काठमार्डौँ– फेब्रुअरी ८ देखि नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन टु को तयारीका लागि युएईमा रहेको नेपाली टोलिले आफ्नो पहिलो अभ्यास खेलमा जित हात पारेको छ । युएई ‘ए’ लाई २५ रनले हराउँदै नेपालले अभ्यास खेलमा विजय सुरुवात गरेको हो ।


ADVERTISEMENT


युएईस्थित आइसीसी ओभर क्रिकेट ग्राउन्डमा टस जित्दै ब्याटिङ रोजेपछि ४९.३ ओभरमा अल आउट हुँदै २४६ रन बनाएको थियो । २४७ रनको चुनौति सामना गर्न जवाफी ब्याटिङमा उत्रिएको युएई ए ले ४८.४ मा सबै विकेट गुमाउँदै २२१ रन मात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


नियमित खेलाडि शरद भेषवाकर, सोमपाल कामी र सन्दीप लामिछाने बिना नै मैदान उत्रिएको नेपालको ओपिनिङ आजपनि राम्रो हुन सकेन । ७.६ ओभरमा ३६ रनमै नेपालले पहिलो विकेटका रुपमा ज्ञानेन्द्र मल्ललाई गुमायो । उनी व्यक्तिगत १८ रनमा आउट भए ।

त्यसपछि दिलिपले अर्धशतकीय पारि खेल्दै नेपाललाई ठुलो स्कोरतर्फ लैजाने संकेत गरेका थिए। तर २१ औं ओभरमा दिलिप ६१ रनको स्कोरमा क्याच आउट हुन पुगे। दिलिप र अनिलले दोश्रो विकेटको लागि ६० रनको साझेदारी गरे।

दिलिपको विकेटपछि नेपालले नियमित अन्तरालमा विकेट गुमाउन पुग्यो २६ औं ओभरमा अनिल साह ३१ रन बनाएर आउट भए भने त्यसलगत्तै २९ औं ओभरमा दिपेन्द्र ऐरी पनि मात्र २ रन बनाएर पेभेलियन फर्किए। ३१ औ ओभरमा पारस (२०) आउट भए भने लगतै आरिफ शेख ९(२ ) पनि आउट हुँदा नेपालको स्कोर ९६/२ देखि १३६/६ को स्थितिमा पुगेको थियो।

त्यसपछि ब्याटिंग गर्न आएका रोहित पौडेल र बसन्त रेग्मीले सातौँ विकेटको लागि ४५ रनको साझेदारी गरेका थिए। बसन्त २१ रनको व्यक्तिगत स्कोरमा ४४ औं ओभरमा एलबिडब्लु शिकार हुँदा टिमको स्कोर १८१/७ पुगेको थियो।

बसन्तको विकेट पछि ब्याटिंग गर्न आएका करन केसीले आक्रामक ब्याटिंग गर्दै टिमको स्कोर एक्कासी बढाएका थिए। ४७ औं ओभरमा करनले लगातार ३ वटा छक्का प्रहार गरेका थिए। करन र रोहितले आठौँ विकेटको लागि ५४ रनको साझेदारी गरे। करन ४८ औं ओभरमा आउट हुनु अघि मात्र १६ बलमा ३५ रनको पारि खेले ।

यता युएई ‘ए’ले भने राम्रो सुरुवात गर्यो । उसले पहिलो विकेट गुमाउँदा १५ ओभरमा ८७ रन बनाइसकेको थियो । तर त्यसलाई निरन्तरता दिन नसक्दा लगातार विकेट गुमाउनु पर्यो ।

यता युएई ‘ए’ ले भने राम्रो सुरुवात गर्यो । उसले पहिलो विकेट गुमाउँदा १५ ओभरमा ८७ रन बनाइसकेको थियो । तर त्यसलाई निरन्तरता दिन नसक्दा लगातार विकेट गुमाउनु पर्यो । पहिलो विकेट गुमेको ३ ओभरमा नै उसले थप तीन विकेट गुमायो ।

युएई ए का लागि ओपनरद्वय फहाद नवाज र चिराग सुरीले क्रमशः ३६ र ४५ रन प्रहार गरे । यस्तै छैटौँ नम्बरमा आएका नेल लोबोले अर्धशतक प्रहार गरे । ९० बलको सामना गरेका उनले ५९ रनका लागि ४ चौका प्रहार गरे । यस्तै मोहम्मद अली (११) अनिस तम्डु र वासी शहले समान १७ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

यता बलिङतर्फ कप्तान पारस खड्का चम्किए । ९.४ ओभर बलिङ गरेका उनले एक मेडेन ओभर फ्याक्दै मात्र ३६ रन खर्चिएर ५ विकेट हात पारे । यस्तै दिपेन्द्र सिंह ऐरीले तीन विकेट लिँदा करण केसी र ललित भण्डारीको नाममा समान १/१ विकेट रह्यो । इनिङमा बसन्त रेग्मीले बलिङ गरेका थिएनन् ।