काठमाडौं-एमाले अध्यक्ष केपी ओलीले आफु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारसंग काम गर्न उत्सुक रहेको बताएका छन् ।


ADVERTISEMENT


भारतीय गणतन्त्र दिवसको अवसरमा मोदीलाई एक सन्देश पठाउँदै दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउनका लागि स‌ंगै काम गर्न चाहेको उल्लेख गरेका हुन् ।


ADVERTISEMENT

# # #


यो अवसरमा सबै प्रकारका सफलताका लागि म शुभेच्छा ब्यक्त गर्न चाहन्छु र हाम्रो दुई देश र जनताबीचको सहकार्य अझ मजबुत हुने अपेक्षा राख्दछुु सन्देशमा ओलीले भनेका छन्, भरखरैको निर्वाचनबाट चुनिएका एक जनप्रतिनिधि र संघीय संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा म तपाई र तपाईको सरकारसंघ दुई देशको उज्वल भविश्यको लागि स‌ंगै काम गर्न आतुर छु ।

ओलीले सन्देशमा सार्वभौमसत्ताका लागि गरिएको बलिदान र ति संघर्षहरुको परिणामलाई संस्थागत गरेको महत्वपूर्ण इतिहास भारतको रहेको पनि उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘भारतको संविधान जनताबाट निर्वाचित प्रतिनिधिहरुले लेखेको जनताको भावना र आकांक्षको समुचित र बिस्तृत दस्तावेज हो।’

उनले भारतीय संविधान कार्यान्वयनको अनुभवबाट सिक्दै गरेको उल्लेख गर्दै त्यसतर्फ पहिलो पाइला चालेको र हालै मात्र संघीय प्रान्तीय र स्थानीय तह गरी तीनै तहको निर्वाचन सम्पन्न गरेको उल्लेख गरेका छन्।-आजको कान्तिपुरबाट