काठमाडौँ– युनिभर्सिटी क्रिकेट क्लबको आयोजनामा आजदेखि सुरु भएको टि–२० क्रिकेट प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभाग र ग्लोबल कलेज आ–आफ्नो खेलमा विजयी भएका छन् ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालय केन्द्रिय विभागले नेपाल इन्जिनियरिङ कलेज ‘बी’ लाई नौ विकेटले तथा ग्लोबल कलेजले नेपाल इन्जिनियरिङ ‘ए’ लाई १० विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT

# # #


कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा भएको उद्घाटन खेलमा टस जितेर ब्याटिङ गर्दै इन्जिनियरिङ कलेज ‘बी’ले १६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनायो । ६९ रनको लक्ष्य पाएको विभागले ७ दशमलव २ आभोरमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो । विभागका लागि राकेश कर्णले ३५, अचल चौधरीले २२ र प्रदीप टण्डनले १० रन बनाए ।

यसअघि इन्जिनियरिङ कलेज ‘बी’ का प्रन्शु जोशीले १४ र दिपेश दासले ११ रन बनाएका थिए । बलिङतर्फ विभागका प्रदीप टण्डनले चार, राकेश कर्णले तीन, सागर ढकालले दुई तथा रुपेश श्रीवास्तवले एक विकेट लिए ।

सोही मैदानमा भएको अर्को खेलमा इन्जिनियरिङ कलेज ‘ए’ ले १४ दशमलव ४ ओभरमा सवै विकेट गुमाउँदै ६१ रन बनायो । जवाफी ब्याटिङमा उत्रेको ग्लोबलले ५ दशमलव ४ ओभरमा बिना विकेट ६५ रन बनायो । ग्लोबलका लागि दिपेश चन्दले अविजित ५२ रनको योगदान दिए । आशिष सिंहले अविजित दुई रन बनाए ।

इन्जिनियरिङ कलेज ‘ए’ का लागि सुरज श्रेष्ठ मात्र २२ रन बनाए । बलिङतर्फ ग्लोबलका विक्रम गुरुङ र कनक बज्राचार्यले समान तीन÷तीन विकेट लिए । यादव घलेले दुई तथा रोम खड्काले एक विकेट लिए ।

प्रतियोगिताको विजेताले रु एक लाख तथा उपविजेताले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।