काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले भारत, चीन र इजरायलका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार डा। निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र सुरेशकुमार कर्णलाई इजरायलका लागि आवासीय राजदूत नियुक्त गरेका हुन् ।


ADVERTISEMENT

#


नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नवनियुक्त तीनै जना राजदूतलाई राष्ट्रपति पौडेलले सोमबार शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथसमेत गराएका छन् ।


ADVERTISEMENT

#
#


यसअघि असोज २ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समितिले तीमध्ये १० जनाको नाम अनुमोदन गरेको थियो । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतको अग्रिमो प्राप्त भएपछि नियुक्ति प्रक्रिया अघि बढाइएको हो ।