रत्ननगर – सरसफाइ अभियानमा सक्रिय सामाजिक संस्था ‘वे ग्रुप’ चितवनले विकट चेपाङ बस्तीमा खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ ।


ADVERTISEMENT


चितवनको नारायणगढका विभिन्न संघसंस्था तथा व्यवसायीबाट सहयोग संकलन गरी चेपाङ गाउँमै पुगेर सहयोग गरिएको हो । राप्ती नगरपालिका–१० स्थित चौकीडाँडाका महेन्द्र चेपाङले जाडोले कठ्याङ्ग्रिएका चेपाङलाई लत्ताकपडा उपलब्ध गराएको भन्दै संस्थाको कामको प्रशंसा गरे।


ADVERTISEMENT

# # #


‘वे ग्रुप’ले राप्ती नगरपालिका–१० स्थित नान्दार, बाँसपानी, चौकीडाँडा र इच्छाकामना गाउँलालिका–१ स्थित कोलभञ्ज्याङ, भाराङ, जाइथली, साप्रेनी र थाप्राङ गाउँका ८० घर परिवारलाई ८० बोरा चामलसहित लत्ताकपडा वितरण गरिएको समूहका सदस्य नवीन कँडेलले जानकारी दिए।

उनीहरुले गएको शनिबार, आइतबार र सोमबार गरी तीन दिनसम्म नारायणगढका व्यवसायीबाट सहयोग जुटाएर चेपाङ बस्तीमा पु¥याइएको समूहका सदस्य शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उनीहरुलाई नारायणगढको हङकङ बजार, बिग बजार, गंगोत्री बजार र मिलनरोडका केही फेन्सी व्यवसायीले आवश्यक लत्ताकपडा सहयोग गरेका थिए ।

‘वे ग्रुप’ले यसअघि गत साउनमा आएको बाढीबाट प्रभावित क्षेत्र माडीमा पनि आवश्यक भाँडाकुँडा, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको थियो । जिल्लामा उक्त समूहले गुट्खामुक्त अभियान चलाइरहेको छ । हरेक सोमबार सरसफाइ अभियानसमेत गर्दै आएको ग्रुपका सदस्य भोजनारायण कँडेलले जानकारी दिए ।