गौशाला– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले जिल्ला समन्वय समिति महोत्तरीमा लगाएको ताला ११ दिनपछि खुलेको छ ।


ADVERTISEMENT


स्थानीय तह पुनःसंरचनाको विरोध गर्दै आएका मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला समन्वय समिति महोत्तरीको प्रत्येक शाखा अवरुद्ध हुने गरी दुई वटै मूलद्वारमा चैत ११ गते लगाएको ताला प्रहरीको सहयोगमा मङ्गलबार खोलाइएको स्थानीय विकास अधिकारी युवराज पौडेलले बताए ।


ADVERTISEMENT

# # #


समितिको दैनिक कामकारवाही र समितिबाट प्रवाह हुने सार्वजनिक सेवा प्रभावित भइरहेकोले प्रहरीको सहयोगमा ताल्चा फुटाएर कामकाज सूचारु गरिएको उनले बताए।

जिल्ला समन्वय समिति महोत्तरीमा लगाइएको ताला एघार दिनपछि खुलेका कारण आज सो कार्यालयमा सेवाग्राहीको घुइँचो लागेका छन् ।