धनगढी– प्रदेश नम्बर ७ को पहिलो बैठक सम्पन्न रहेको छ । अर्को बैठक आगामी माघ २९ गते बस्ने छ ।  आइतबारको बैठकले प्रदेशसभाको अन्तरिम कार्यसञ्चालन कार्यविधी पनि पारित गरेको छ ।


ADVERTISEMENT


प्रदेशसभाका जेष्ठ सदस्य दिव्यश्वरी शाहले बैठक सञ्चालनका क्रममा प्रदेश प्रमुख मोहनराज मल्लबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएकी थिइन् ।  त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमा नेकपा एमालबाट प्रकाश वहादुर शाह, नेपाली कांग्रेसबाट भरत वहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट त्रिलोचन भट्ट र राष्ट्रीय जनता पार्टीबाट मालामती रानाले सम्बोधन गरे ।

बैठकले सभामुखको निर्वाचनको लागी माघ २९ गतेको मिति तोकेको छ । त्यसका लागी आन्तरीक तयारी गर्न र सुचना प्रकाशन गर्न प्रदेश प्रमुखको कार्यालय सचिव मुरारी महतलाई निर्देशन दिइएको छ ।