काठमाडौं-चालू आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकिङ क्षेत्रको लगानी करिब २१ प्रतिशत बढेर १९ खर्ब ११ अर्ब ८५ लाख रुपैयाँ पुगेको छ ।


ADVERTISEMENT


बैंकहरूले पुँजी वृद्धि योजनासहित आक्रमक रूपमा लगानी बढाएका छन् । गत वर्ष पुसदेखि यो पुससम्मको एक वर्षमा भने बैंकहरूले तीन खर्ब २९ अर्ब ८३ करोड लगानी बढाएका छन् । गत आवको यो अवधिमा बढेको लगानी मर्जरका कारण र चालू आवको लगानी व्यवसाय वृद्धिका कारण भएको बैंकर्सको भनाइ छ ।


ADVERTISEMENT

# # #


‘एक वर्षको अवधिमा लगानी राम्रो बढेको छ’, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले भने, ‘सबै क्षेत्रबाट अत्यधिक माग आएकाले यस्तो भएको हो । नेपाल जस्तो देशमा निक्षेप संकलनको तुलनामा लगानी बढ्नु स्वभाविक हो ।’

अझ स्थानीय सरकार बन्यो भने अहिले हुँदै आएको निक्षेप संकलनले नभ्याउने उनको ठम्याइ छ । गत वर्ष पुससम्म वाणिज्य बैंकहरूले विभिन्न क्षेत्रमा गरी १५ खर्ब ८२ अर्ब चार करोड रुपैयाँ लगानी गरेका थिए ।

गत वर्षको अन्त्य अर्थात् असार मसान्तसम्म बैंकले १७ खर्ब २३ अर्ब ४२ करोड लगानी गरेका थिए । हाल भएको लगानी असार मसान्तको तुलनामा एक खर्ब ८८ अर्ब ४५ करोड बढी हो।-आजको अन्नपुर्ण पोष्टबाट