काठमाडौँ– विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), राष्ट्रिय जनमुक्ति पार्टी र दलित जनजाति पार्टीबीच एकीकरण भएको छ। राजधानीमा बुधबार आयोजित एक कार्यक्रमबीच तीन पार्टीको एकीकरण घोषणा गरिएको हो ।


ADVERTISEMENT


एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राखिएको छ। अध्यक्ष गच्छदारसँग १४ सांसद छन् भने शिवलाल थापाको राष्ट्रिय जनमुक्ति पार्टीसँग दुई र यशोदा लामा नेतृत्वको दलित जनजाति पार्टी नेपालसँग एक सांसद रहेका छन् । यो सँगै फोरम लोकतान्त्रिकबाट सांसद संख्या १७ पुगेपछि पार्टी संसदमा पाँचौ ठूलो दल बनेको छ।


ADVERTISEMENT

# # #


यसअघि उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम नेपालले अशोक रायका पार्टी संघीय समाजवादी पार्टीसँग एकीकरण गरि १५ जना सभासद्को पार्टी बनाएको थियो । अर्थात उपेन्द्रको गच्छदारको फोरम लोकतान्त्रिक भन्दा एकसीटले ठूलो पार्टी भएको थियो । अब फोरम लोकतान्त्रिक फोरमभन्दा दुई सीटले अगाडि भएको छ ।