काठमाडौं-चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो ।


ADVERTISEMENT


चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’ युद्धको मानसिकता छाड्ने पहल गर्नुको साटो विरुद्धमा लागेको भन्दै आलोचना गरेको छ । अमेरिकाले आफूसँग भएका हतियारहरू प्रयोग गर्न निकै ठूला भएको भन्दै नयाँ स–साना परमाणु हतियार विकास गर्ने योजना सार्वजनिक गरेको हो । रूसले भने अमेरिकी योजनाको यसअघि नै विरोध गरिसकेको छ ।


ADVERTISEMENT

# # #


अमेरिकाले चीन, रूस, उत्तर कोरिया र इरान आफ्नो सुरक्षा खतराका रूपमा रहेको औंल्याउँदै साना हतियारको आवश्यकता भएको जनाउँदै आएको छ । चीनले आइतबार अमेरिकी योजनाको दृढतापूर्वक विरोध जनाएको हो । चिनियाँ रक्षा मन्त्रालयले आफ्नो रक्षात्मक नीतिको वासिङ्टनले फाइदा उठाएको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ, ‘हामीलाई आशा छ अमेरिकाले आफ्नो शीतयुद्धकालीन मानसिकता त्याग्नेछ र निशस्त्रीकरण प्रतिको आफ्नो उत्तरदायित्व महसुस गर्नेछ ।’ चीनले यसअघि पनिपटकपटक अमेरिकाको रक्षा रणनीतिको विरोधका लागि ‘शीतयुद्ध’ को सन्दर्भ उल्लेख गर्ने गर्छ । -आजको कान्तिपुरबाट