काठमाडौं-बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति स्पानियोलसँग बराबरी गर्दै कीर्तिमान बनाएको छ ।


ADVERTISEMENT


लिग लिडर बार्सिलोना अन्तिम समयमा गोल गर्दै हारबाट जोगिनुका साथै लिगमा सुरूवाती २२ खेलमा अपराजित हुने कीर्तिमान समेत बनाएको छ । अवे मैदानमा भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–१ को बराबरीमा रोकिए पनि लिगका २२ खेलमा अपराजित रहँदै सुरुका २२ खेलमा नहार्ने क्लब कीर्तिमान बनाएको हो ।


ADVERTISEMENT

# # #


पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो हाफको ६६ औँ मिनेटमा जेरार्ड मोरेनोको गोल गर्दै घरेलु टोली स्पानियोलले अग्रता लियो । बार्सिलोनाका लागि खेलको ८२ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै टिमलाई बराबरीमा ल्याए । मेसीको फ्रि–किकमा पिकेले गोल गरेका हुन् ।

बराबरीपछि शीर्ष स्थानको बार्सिलोनाको २२ खेलबाट ५८ अंक भएको छ। यस्तै समान खेलबाट ४९ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छन् । मड्रिडले राति नै भएको खेलमा भ्यालेन्सियालाई १–० ले हराएको हो।