काठमाडौं-प्रदेश १ र ४ मा आज प्रदेशसभाको पहिलो बैठक बस्दैछ । प्रदेश नम्बर १ को बिराटनगर र प्रदेश नम्बर ४ को पोखरामा प्रदेशसभा बैठक बस्ने तयारी भइरहेको छ ।


ADVERTISEMENT


दुवै प्रदेशमा अन्तरिम कार्यविधि पारित गरी सभामुख निर्वाचनको मिति तय गर्ने पहिलो कार्यसूची रहेको छ । प्रदेश १ मा ओमप्रकाश सरावगीको अध्यक्षतामा दिउँसो १ बजे बैठक बस्दैछ ।


ADVERTISEMENT

# # #


९३ जना सांसद रहेको प्रदेश १ मा एमालेका ५१, कांग्रेसका २१, माओवादीका १५, संघीय समाजवादी फोरमका ३ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, संघीय गणतान्त्रिक राष्ट्रिय मन्च तथा स्वतन्त्रका १/१ जना सदस्य छन । प्रदेश सभा सञ्चालनका लागि सभाहल बनाउनेदेखि सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रदेश नम्बर ४ मा विहान ११ बजे ज्येष्ठ सदस्य जनकलाल श्रेष्ठको अध्यक्षतामा बैठक बस्नेछ । ५९ जना कुल सदस्य रहेको प्रदेश ४ मा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, राष्ट्रिय जनमोर्चाका ३ तथा नयाँ शक्तिका २ जना सांसद छन् । बैठकका लागि ११ जिल्लाका सबै सांसद पोखरा पुगिसकेको हाम्रा सहकर्मी लालप्रसाद शर्माले जनाएका छन् ।

यसअघि हिजो प्रदेश नम्बर २, ५, ६ र ७ मा प्रदेशसभाको पहिलो बैठक बसेको थियो । प्रदेश नम्बर ३ मा भने १८ गते पहिलो बैठक बसेको थियो । आजको बैठकसँगै सबै प्रदेश संघीयता अभ्यासको बाटोमा औपचारिक रुपमा प्रवेश गर्नेछन् ।