काठमाडौं-प्रदेश ५ की सांसद सुष्मा यादवविरुद्ध किर्ते हस्ताक्षरमा संलग्न रहेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।


ADVERTISEMENT


मायादेवी गाउँपालिका १ सेमराका सञ्जय तिवारीले सांसद यादव र स्थानीय राजेश कलवारविरुद्ध चेकमा किर्ते हस्ताक्षर गरेको आरोपमा गत पुस १२ मा मुद्दा दर्ता गरेका थिए । यादव माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद हुन् ।


ADVERTISEMENT

# # #


मायादेवी गाउँपालिका १ बर्रोहिया–पचेहरा सडक ग्राभेल गर्न गठित उपभोक्ता समितिको आफू कोषाध्यक्ष हुँदा कुनै जानकारी नदिई अध्यक्ष रहेका कलवार र सचिव यादवको मिलेमतोमा रकम हिनामिना गरेको तिवारीको आरोप छ ।

आर्थिक वर्ष ०७३/७४ मा सडक स्तरोन्नति गर्न जिविसबाट ६ लाख उपभोक्ता समितिको खातामा भुक्तानी भएको थियो । दुवैजना मिलेर आफ्नो किर्ते दस्तखत गरी अन्तिम किस्ताबापतको ७२ हजार रुपैयाँ झिकेको तिवारीको आरोप छ ।

‘मैले जिम्मा लिएर काम गराएँ, काम गरेकाहरू पैसा माग्न आउँछन् । मेरो किर्ते दस्तखत गरेर उनीहरूले पैसा झिकिसके,’ उनले भने । ०७४ असार २१ गते राष्ट्रिय वाणिज्य बैंक तौलिहवा शाखाबाट अध्यक्ष कलवारको नाममा ७२ हजार झिकेको देखिएको छ ।-आजको कान्तिपुर दैनिकबाट