काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्थानमा कार्यरत राजदूत सुधाकर डलेलाले नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

भेटका क्रममा नेपाल–भारतबीच जलविद्युत् आयोजना विकास, प्रसारण पूर्वाधार, सीमापार विद्युत् व्यापार, सौर्य ऊर्जा, जलस्रोत तथा जल व्यवस्थापनका क्षेत्रमा भइरहेको द्विपक्षीय सहकार्यबारे छलफल भएको थियो ।


ADVERTISEMENT

#


दुवै पक्षले ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउने सम्भावना र नेपाल–भारतबीचको बहुआयामिक साझेदारी विस्तारका विषयमा समेत विचार आदानप्रदान गरेका थिए ।

भेटवार्तामा ऊर्जा तथा जलस्रोतका क्षेत्रमा दुई देशबीचको सहकार्यलाई आगामी दिनमा थप विस्तार र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।


ADVERTISEMENT

#
#