बझाङ– गएराति परेको चट्याङले जिल्ला प्रहरी कार्यालय बझाङका सम्पूर्ण विद्युतीय सामानमा क्षति पुर्याएपछि कार्यालयको काम ठप्प भएको छ । भारी वर्षासँगै परेको चट्याङले कार्यालयमा भएका इलेक्ट्रोनिक सामानमा क्षति भई काम नलाग्ने भएका छन् ।


ADVERTISEMENT


चट्याङले चार थान कम्प्युटर, एक थान जेनेटर, चार थान टिभी, तीन थान राउटर, तीन थान फोन, दुईवटा फ्रिज र प्रिन्टरमा क्षति पुगेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्रले बताए ।


ADVERTISEMENT

# # #


चट्याङ परेपछि कार्यालयको सम्पूर्ण डाटा राखेको चार थान कम्प्युटरमा क्षति भएकाले काम अघि बढाउन समस्या भएको छ । फोन लाइन, नेट लाइनमा यसले गर्दा सञ्चारमा पनि गडबडी भइरहेको छ । विभिन्न किसिमका मुद्दा मामिलाका फाइल भएको कम्प्युटर बिग्रेका छन् ।

चट्याङ परेर बिग्रेका इलेक्ट्रोनिक सामानको मर्मत गरेर भोलिदेखि सधैँ झँै जिप्रकाका कामकाज अगाडि बढाउने प्रहरी नायब उपरीक्षक चन्द्रले बताए ।