काठमाडौं- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुँदैछ ।

कार्कीको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो ।


ADVERTISEMENT

#


सरकारले गत १८ कात्तिकमा कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो । सोही दिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको थियो ।

सरकारको उक्त निर्णय गैरकानुनी रहेको र आफूलाई अन्यायपूर्वक पदबाट हटाइएको दाबीसहित कार्की सर्वोच्च पुगेका हुन् ।


ADVERTISEMENT

#
#


तिहार तथा छठ पर्वको बिदापछि मंगलबारदेखि अदालतको नियमित कामकारबाही सुरु भएसँगै उनको रिटमाथि आजका लागि प्रारम्भिक सुनुवाइको मिति निर्धारण गरिएको हो ।